Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति भण्डारीद्वारा तेजाबसहित सात अध्यादेश जारी

अर्थ संसार

मंगलबार, २१ बैशाख २०७८, १८ : ०६ मा प्रकाशित

राष्ट्रपति भण्डारीद्वारा तेजाबसहित सात अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायत सात अध्यादेश जारी गरेकी छिन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ती अध्यादेशमा संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ) पहिलो संशोधन, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने, औषधि (तेस्रो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ छन् ।

संसद्को गत अधिवेशनमा पेश भएका ती अध्यादेश कार्यसूचीमा परे पनि छलफल हुन नसकेपछि सरकारले पुनः अध्यादेश ल्याएको हो । अध्यादेश जारी भएको मितिले छ महिनाभित्र संसद्बाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको