Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाईफ इन्स्योरेन्सको १.६६ लाख कित्ता सेयर न्यूनतम ६९८ रुपैयाँमा लिलाममा, कसरी दिने आवेदन ?

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, १० : ४१ मा प्रकाशित

एसियन लाईफ इन्स्योरेन्सको १.६६ लाख कित्ता सेयर न्यूनतम ६९८ रुपैयाँमा लिलाममा, कसरी दिने आवेदन ?

महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७ सय ७५ कित्ता संस्थापक सेयर लिलामीमा बिक्रि  गर्ने भएको छ । 

बैंकले इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य प्रति कित्ता न्युनतम ६९८ रुपैया कायम गरेको छ । अब इन्स्योरेन्सको उक्त सेयर खरिदगर्न चाहानेले ६९८ रुपैयाँ भन्दा बढि रकम कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन गर्दा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन गर्नु पर्ने छ । जसले सबै भन्दा बढी रकम कबुल गर्छ उसैलेनै सेयर प्राप्त गर्नेछन् । अधिकतम रकम कबुल गर्नेले सेयर प्राप्त गरीसकेपछी पनि पनि सेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । सेयर नसकिंदासम्म यहि प्रक्रियाबाट सेयर बाँडफाँड हुने छ । 

बैंकले उक्त सेयर लिलामका लागि बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरेको छ । इच्छुक लगानीकर्ताले क्यापिटलबाट बोलपत्र फारम पाउन र बुझाउन सक्ने छन् । हाल कायम संस्थापकहरु वा संस्थापक हुन योग्य जो कोहि व्यक्ति तथा संघ संस्था कम्पनीले यस लिलाममा आवेदन दिन सक्ने बैंकले जनाएको छ  ।  

आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  बीमा समितिले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको