Like us!
Follow us!
Connect us!
Watch us!

२ महिनामै महिला लघुबित्तका सेयरधनी मालामाल ! अब किन्दा घाटा कि नाफा ?

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, १२ : ०६ मा प्रकाशित

२ महिनामै  महिला लघुबित्तका सेयरधनी मालामाल ! अब किन्दा घाटा कि नाफा ?

महिला लघुबित्त बित्तीय संस्थाको आईपिओ पर्ने लगानीकर्ताहरु मालामाल भएका छन् । कम्पनीको आईपिओ पर्ने लगानीकर्ताहरुले करिब २ महिनामै १ हजार रुपैयाँको लगानीबाट ४५ हजार मुनाफा हासिल गरेका छन् । 

सस्थाले गत माघ ३० देखि फागुन ४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, जारी पूँजीको ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

यसरी हेर्दा संस्थाको आईपिओ भाग्यमानी ३७ हजार ५ सय लगानीकर्ताहरुले मात्र हात पारेका थिए । संस्थाको आईपिओमा १५ लाख ४० हजार ३५ जना आवेदकको आवेदन परेको थियो । 

संस्थाको आईपिओमा करिब २ महिनाअघि १ हजार रुपैयाँ लगानी गरेर १०  कित्ता सेयर हात पार्र्ने लगानीकर्ताहरुको सेयर मूल्य आज ९बुधबार० को बजार मूल्यअनुसार ४५ हजार ७३० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य हरेक दिन सकारात्मक सर्किट लेभलमा बढेर कारोबार हुदैँ आइरहेको छ । 

हरेक दिन कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढिरहँदा पनि बजारमा कम्पनीको सेयरको माग भने कम देखिएको छैन । आज यो समाचार तयार पार्दासम्म धितोपत्रको दोस्रो बजारमा कम्पनीको ९९ हजार ९०६ कित्ता सेयरको खरिद आदेश हुँदा बिक्रि गर्ने बिक्रेताको उपस्थिती भने शून्य देखिन्छ ।  

कम्पनीको मूल्य यसरी दिनहुँ सकारात्मक सर्किट लेभलमा बृद्धि हुनुको प्रमुख कारण भनेको कम्पनीको सेयर संख्या न्यून हुनु र कम्पनीले उच्च दरमा बोनश वितरण गर्न सक्ने प्रक्षेपणका साथ लगानीकर्ताहरुले लगानी गरिरहेको देखिन्छ । 

केहि समयअघि संस्थाका सिईओ कृष्णप्रसाद न्योपानेले अर्थसंसार डटकमको कार्यक्रम अर्थसंसार टकसँग कुरा गर्दै संस्था लगानीकर्ताहरुलाई ३ गुणासम्म प्रतिफल दिनसक्ने अवस्थामा रहेको बताएका थिए । 

संस्थाले हालै प्रकाशित गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाको हालको चुक्ता पूँजीको तुलनामा संस्थाको जगेडा कोष करिब दुई गुणा ठूलो देखिन्छ । हाल संस्थाको चुक्तापूँजी १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड १८ लाख ३९ हजार रुपैयाँ छ । संस्थाको प्रतिसेयर आम्दानी ८५.६६ र प्रतिशेयर नेटवर्थ २९१.८४ रहेको छ ।

सामान्यत कुनैपनि कम्पनीको सेयर मूल्यलाई सेयरको माग र आपुर्तिले र्निधारण गर्ने गर्दछ । अहिले पनि कम्पनीको सेयरको माग दोस्रो बजारमा उच्च देखिएकाले कम्पनीको सेयर मूल्य अझै उकालो लाग्ने अनुमान गर्न सकिन्छ । 

Mahila Laghubittaको वित्तीय अवस्था कस्तो? NRBले मुनाफा वितरणमा कडाई गर्दा microfinanceलाई असर गर्ला?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको