Like us!
Follow us!
Connect us!
Watch us!

कपालको हेरचाह कसरी गर्ने ? यस्ता छन् कपाल झर्न रोक्ने उपायहरू

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, १२ : ०२ मा प्रकाशित

कपालको हेरचाह कसरी गर्ने ? यस्ता छन् कपाल झर्न रोक्ने उपायहरू

हामी सबैलाई आफ्नो कपाल लामो र सुन्दर होस् भन्ने इच्छा हुन्छ । किनकी कपाल प्रत्यक्ष रूपमा हाम्राे साैन्दर्यतासँग जाेडिएकाे हुन्छ । पछिल्लाे समय हामीले कपालमा प्रयाेग गर्ने सौन्दर्यका सामग्रीहरू र अन्य विभिन्न कारणहरूले गर्दा कपाल झर्ने समस्या धेरैजसाे व्यक्तिमा देखिन थालेकाे छ । त्यसैले आज हामी यहाँ कपाल झर्ने कारणहरू र यसकाे राेकथामका विषयहरूमा कुरा गर्नेछाैँ । तल भनिएका सबै कुराहरू डा. इसा पौडेल कोइरालाका भनाइहरू हुन् ।

कपाल झर्ने कारणहरू :

१. रौँको आयु : एउटा रौँको आयु औसतमा ३ वर्षसम्मको हुन्छ । ३ वर्षपछि त्यो रौँ झरेर जान्छ र नयाँ पलाउँछ । त्यसैले प्रतिदिन ५० वटादेखि एक सय वटासम्म रौँ झर्ने गर्दछ ।

२. पौष्टिक तत्व : खानेकुरामा पौष्टिक तत्व नपुगेका कारण पनि कपाल झर्ने गर्दछ ।

३. हार्मोन : विशेषगरी महिलाहरूको भने हार्मोनलको कारणले गर्दा पनि कपाल झर्ने गर्दछ ।

४. तनाव : हामीलाई कुनै किसिमको तनाव छ भने त्यो तनावको कारण पनि कपाल झर्ने गर्दछ ।

५. हेयर प्रोडक्ट्स : हामीले कपालमा लगाउने विभिन्न प्रकारका हेयर प्रोडक्ट्सहरूमा मिसिएको केमिकलहरूले गर्दा पनि  कपाल झर्ने गर्दछ ।

कपालको हेरचाह कसरी गर्ने ?

१. हाइजिन : कपालको हाइजिनलाई राम्ररी कायम राख्नु जरूरी हुन्छ । कपालको सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ । प्रत्येक एकदेखि २ दिनभित्रमा हामीले कपाल धुनुपर्दछ । कपाल धुने क्रममा हामीले धेरै बास्ना आउने खालका स्याम्पूहरू प्रयोग गर्नु हुँदैन । कीनकी त्यसमा धेरै केमीकल मिसिएको हुन्छ ।

२. स्वास्थ्य : आफ्नो स्वास्थ्यको राम्ररी ख्याल गर्नु पनि जरूरी हुन्छ । हामी बिरामी हुँदा पनि हाम्रो कपाल झर्ने गर्दछ ।

३. तेल मालिश : हामीले कपालमा तेल लगाउनु पनि उपयुक्त हुन्छ । तेलले हाम्रो कपालको मोइस्चरहरूलाई राम्रो बनाउँछ । तेलले कपाललाई सुख्खा हुन दिँदैन ।

४. पौष्टिक आहार : समय अनुसारको तरकारी, फलफूल तथा अन्य पौष्टिक तत्व भएका खानेकुरा खानुपर्छ । पानी पनि हामीले प्रशस्त रूपमा पिउनुपर्छ ।

५. व्यायाम : तनाव नलिएर हामीले शारीरिक व्यायामहरू गर्नुपर्छ ।

अन्य : नुहाउँदा सकेसम्म तातो पानीले नुहाउने बरू मनतातो पानीले नहुाउने, मोटो दाँत भएको काइँयोले कपाल कोर्ने, चीसो हुँदा कपाल नकोर्ने, प्रशस्त मात्रामा सुत्ने आदि ।

भिडियाे पनि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको