सरकारले निजि अस्पतालहरुलाई पनि कोरोना अस्पतालका रुपमा सेवा प्रवाह गराउने निर्णय गरेसंगै विभिन्न निजी अस्पतालहरुले कोरोना उपचारको दर रेट सार्वजनिक गरेका छन् ।
अहिले सामाजिक संजालमा भाइरल भएका निजी क्षेत्रका अस्पतालहरुको सूचनाले सर्बसाधारण अस्पताल नपुगी मर्नु पर्ने अबस्था आउन सक्ने देखाउँछ । ती निजी क्षेत्रका अस्पतालको सूचना हेरेर अहिले सामाजिक संजालमा एउटा भनाइ भाइरल बनेको छ,सरकारी अस्पताल जानुस्, ज्यान घर आउँदैन । निजी अस्पताल जानुस्, आउँदा घर रहँदैन ।
अस्पतालहरुले निकालेको दर रेट हेर्दा लाग्छ कि अस्पतालहरुले मौकाको फाइदा छोप्दै विरामीलाई लुट्दैछन् । यस्तो महामारीको समयमा निजी अस्पतालहरुले अन्य बेलाभन्दा पनि न्यून शुल्कमा सेवा प्रवाह गर्नुको साट्टो झनै आपत्कालिन अवस्थाको फाइदा उठाउँदै महंगो रकम असुल गर्न खोजेजस्तो देखिन्छ ।
काठमाडौंको ह्याम्स हस्पिटलले सार्वजनिक गरेको मूल्य सुची अनुसार कोरोनाका बिरामीले एक रात अस्पतालमा बसेको न्यूनतम ७ हजार रुपैयाँदेखि अधिकतम ५० हजार रुपैयाँसम्म तिर्नुपर्ने छ । जसमा औषधि आवश्यक परेमा अतिरिक्त शुल्क लाग्ने, एक पटक डाक्टर आउदाँ १ हजार ५ सय रुपैयाँ चार्ज लाग्ने र कुनै थप नर्सिङ सहायता चाहिए थप अतिरिक्त शुल्क तिर्नुपर्ने जनाएको छ ।

त्यस्तै सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजले पनि कोरोना उपचारको नयाँ शुल्क सार्वजनिक गरेको छ । सूचना अनुसार अब काठमाडौं मेडिकल कलेजमा उपचार गराउने कोरोनाका बिरामीहरुले एक दिनको न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने छ ।
यी त केहि प्रतिनिधी उदाहरण मात्र हुन् । अहिले देशका विभिन्न निजी अस्पतालहरुले कोरोना उपचारका नाममा बिरामीहरुसँग चर्को शुल्क असुलिरहेको समाचार आइरहेका छन् । सरकारले महगों शुल्क लिने निजी अस्पतालहरुलाई कारबाही गर्ने बताए पनि अहिलेसम्म कुनै अस्पताललाई कारबाहि गरेको सार्बजनिक भएको छैन ।
सामान्यतः निजी क्षेत्रका संघसस्थाको पनि सामाजिक उत्तरादायित्व रहन्छ । यहाँ भने अस्पतालहरुले समेत यस्तो बेलामा सामाजिक उत्तरदायित्य बहन गर्नुको सट्टा अझै मौकाको फाइदा उठाउँदै जनताको ढाड सेक्न उद्यत रहेको देखिन्छ ।
सामाजिक अभियन्ता डा. गोविन्द केसीले हाम्रो जस्तो देशमा स्वास्थ्य क्षेत्र निजी क्षेत्रको हातमा सुम्पिनु हुँँदैन भन्दै गरेको अनसनको औचित्य अहिले आएर पुष्टि भएको पिडितहरु बताउँछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस