Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तको नाफा बढ्दा सञ्चालन नाफा घट्यो, ईपीएस कति ?

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, ०८ : ५० मा प्रकाशित

निर्धन उत्थान लघुवित्तको नाफा बढ्दा सञ्चालन नाफा घट्यो, ईपीएस कति ?

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाको खुद नाफा ५१.०४ प्रतिशतले बढेर ७१ करोड ४८ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाको नाफा ४७ करोड ३२ लाख ७३ हजार रुपैयाँ सीमित थियो । 

यस्तै, चैत मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी ३५.९७ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ५३ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले १ अर्ब १७ करोड ३२ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । 

संस्थाको सञ्चालन नाफामा भने गिरावट आएको छ । गत वर्ष ७४ करोड ९५ लाख २१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको संस्थाको समिक्षा अवधिसम्म १२.३५ प्रतिशतले घटेर ६५ करोड ६९ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । 

हाल चुक्ता पूँजी एक  अर्ब ६९ करोड रहेको संस्थाको जगेडा कोषमा भने २ अर्ब ६२ करोड रहेको छ । संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी १४ रुपैयाँ १६ पैसाले बढेर ५६ रुपैयाँ २३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ७८ पैसा छ । 
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

60935eff6adba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको