Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको हकप्रदमा आवेदन दिने म्याद थप

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, १७ : ११ मा प्रकाशित

अरुण भ्यालीको हकप्रदमा आवेदन दिने म्याद थप

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेबाट निष्कासन तथा  बिक्री खुल्ला गरेकाे हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएकाे छ । यसअघि वैशाख २६ गतेसम्म आवेदन दिन सकिने भनिएकाेमा अब जेठ २ गतेसम्म आवेदन दिन पाइने भएकाे छ ।

कम्पनीले हालकाे विषम परिस्थितीलाई मध्यनजर गर्दै म्याद थपेकाे हाे ।

कम्पनीले १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हाे । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियाे ।  त्यसैले, चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

6093d747ec906.jpg

हकप्रदमा लगानी गर्नेले राम्राे प्रतिफल पाउँछन् : रमेश न्याैपाने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको