Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामिण विकास लघुवित्तको खुद मुनाफामा उछाल, कति पुग्यो प्रतिसेयर आम्दानी ?

अर्थ संसार

शुक्रबार, २४ बैशाख २०७८, ०६ : ४२ मा प्रकाशित

ग्रामिण विकास लघुवित्तको खुद मुनाफामा उछाल, कति पुग्यो प्रतिसेयर आम्दानी ?

ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४५७.२३ प्रतिशतले धेरै हो । को सोहि अवधिसम्म संस्थाले ५ करोड १२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । 

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा २९.८९ प्रशितशतले बढेर ८६ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ६६ करोड ३३ लाख रुपैयाँ रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।  

संस्थाको सञ्चालन नाफा पनि ८५९.२७ प्रतिशतले बढेर २९ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा ३ करोड १० लाख रुपैयाँ रहेको थियो । 
 
हाल संस्थाको चुक्ता पुँजी ९८ करोड रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा पनि ३१.८८ प्रतिशतले बृद्धि भएर ७४ करोड ९३ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको खुद मुनाफामा उछाल आयसंगै संस्थाको प्रतिसेयर आम्दानीमा पनि ब्यापक बृद्धि भएको गत बर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९६ पैसा मात्र रहेको अहिले त्यो बृद्धि भएर ३८ रुपैयाँ ७९ पैसा गुगेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ २७ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको