यस साता पनि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एउटा नयाँ कम्पनी थपिएको छ । रु रु जलविद्युत परियोजना लिमिटेड यस साता नेप्सेमा थपिएको नयाँ कम्पनी हो । योसहित नेप्सेमा यस साता ६ कम्पनीको सेयर सूचिकृत भएको छ ।
हेर्नुस् कुनकाे कति कित्ता ?
रु रु जलविद्युत परियोजना लिमिटेडको ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर आईपीओ
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर
समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको २८ लाख ५६ हजार २ सय एक दशमलव ६० कित्ता सेयर
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख २२ हजार ८ सय १४ कित्ता बोनस सेयर
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता बोनस सेयर
सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० लाख ७७ हजार ५ सय ६९ कित्ता बोनस सेयर
बैंकको सेयर अझ undervalued, ट्रेन्ड अनुसार लगानी, ठूला लगानीकर्ता पर्ख र हेर अवस्थामा|Radha Pokharel
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस