Like us!
Follow us!
Connect us!
Watch us!

बैंकलाई ब्रोकर लाइसेन्स दिनै पर्छ : राधा पोखरेलसँग कुराकानी (भिडियोसहित)

अर्थ संसार टक

आइतबार, २६ बैशाख २०७८, ०० : ०० मा प्रकाशित

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष हुन् राधा पोखरेल । संघले आम लगानीकर्तालाई प्रशिक्षित गरिरहेको छ । संघले पूँजी बजारको बिकासमा सक्रिय भएर काम गरिरहेको छ ।

संघले सातवटै प्रदेशमा आफनो शाखा संजाल विस्तार गरिसकेको छ । कर्णालीमा समेत संघले शाखा विस्तार गर्ने तयारी गरिहेको छ । लगानीकर्ताका ५ वटा संगठनहरुमध्ये नेपाल पूँजीबजार लगानीकर्ता संघमात्र सक्रिय देखिन्छ ।

पछिल्ला दिनहरूमा नेपालमा पूँजीबजारमा देखिएको उतार चढावलाई नियालीरहेकी पोखरेल यसलाई पूँजी बजारको सुन्दरता मान्छिन् । लगानीकर्ताहरु सचेत भएर कम्पनीका आधारभूत कुराहरुको अध्ययन गरेर मात्र लगानी गर्नु पर्ने उनी बताउँछिन् ।

बजारमा थुप्रै समस्या रहेको बताउँदै पोखरेलले आफूहरुले ती समस्या समाधान गर्न नियामक निकायहरुलाई झक्झक्याइरहेको बताउँछिन् । समस्याहरू पहिल्याएर समाधानका लागि अर्थमन्त्रीदेखि अन्य नियामक निकायसम्म पहल गरिरहेका छौं । देशका ७ वटै प्रदेशमा हामीले संघहरू बनाएर सम्बन्धित ठाउँका समस्याहरू संकलन गर्दै समाधानका कार्यक्रम अघि सारेका छौं, उनी भन्छिन् ।

उनी बजारको अवस्था हेरेर लगानी गर्न लगानीकर्ताहरुलार्ए सल्लाह दिन्छिन् । पछिल्लो समय बजार उकालो लागेको बेला लगानी गर्न हौसिने र ओरालो लागेको बेला घाटा खाएर सेयर बेचेर भाग्ने प्रवृत्ति रहेको भन्दै लगानीकर्ताले धैर्य गर्न सिक्नु पर्ने बताउँछिन् ।

बजारमा पछिल्लो समय महिला लगानीकर्ताको उपस्थिति बढ्दै गएको उनी बताउँछिन् । अरू कार्यालय जस्तो १०–५ को समय दिनु नपर्ने भएकाले महिलाका लागि सेयर बजार सहज भएको उनको भनाइ छ । बजार बिहान ११ बजे बजार खुल्छ, ३ बजे बन्द हुन्छ । घरको काम सकेर थोरै समय दिए पनि पूँजीबजारमा काम गर्न सकिने अवस्था महिलाहरूका लागि निकै उपयोगी छ, उनी भन्छिन् ।

पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग अर्थ संसार डटकमका प्रधान संपादक लीलानाथ घिमिरेले अर्थसंसार टकका लागि गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको