Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : २६.०२ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकममा पनि सुधार

नेप्से

शनिबार, २५ बैशाख २०७८, १२ : १४ मा प्रकाशित

साताको सेयर बजार : २६.०२ अंकले बढ्यो नेप्से परिसूचक,  कारोबार रकममा पनि सुधार

यस साता नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर २६ सय ३७ दशमलव १३ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ३६ दशमलव ८८ अंकले घटेर २६ सय ११ दशमलव १० विन्दुमा रोकिएको थियो । यस साता ५ दिनको बजारमा ३ दिन बजार घटेको थियो भने बाँकी २ दिन नेप्सेले उकालो यात्रा तय गरेको थियो । 

यस साता सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०१ अंकले बढेर ४ सय ७३ दशमलव ०४ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ७ दशमलव ५८ अंकले घटेर ४ सय ६९ दशमलव ०२ विन्दुमा रोकिएको थियो ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि बढेको छ । गत साता औसतमा दैनिक ५ अर्ब ४६ करोड भन्दा माथीको कारोबार भएकोमा यस साता औसतमा दैनिक ६ अर्ब ७९ करोडको कारोबार भएको छ । 

बजार पुँजीकरणको कुरा गर्नुपर्दा गत साता ३६ खर्ब २० अर्ब रहेको बजार पुँजीकरण यस साता ३८ अर्बले बढेर ३६ खर्ब ५८ अर्बमा पुगेको छ ।

यस साताको आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६ सय ६५ दशमलव १० विन्दुमा पुगेको थियो । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ३५ अंकले घटेर २६ सय ५२ दशमलव ७५ विन्दुमा पुगेको थियो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव ९४ अंकले बढेर २६ सय ५४ दशमलव ६९ विन्दुमा पुगेको थियो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २६ सय ४९ दशमलव ६० विन्दुमा पुगेको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेर २६ सय ३७ दशमलव १३ विन्दुमा पुगी यस सातालाई बिदा गरेको छ ।

यस साता पनि सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता नै अग्र स्थानमा छन् । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश राधी विद्युत कम्पनी लिमिटेड र सींगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साता सबैभन्दा धेरै गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश सिन्धु विकास बैंक लिमिटेड र हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको