Like us!
Follow us!
Connect us!
Watch us!

राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, ०७ : ५१ मा प्रकाशित

राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव

कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । कोरोना संक्रमणका कारण गम्भीर खाले बिरामीको संख्या ह्वात्तै बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चुलिँदै गएको हो ।

हाल राजधानीका अस्पतालमा आवश्यकताको ५० प्रतिशमात्रै अक्सिजनको उपलब्ध छ । सरकारले अबको दिनमा अक्सिजन उपलब्ध नगराए स्थिति भयावह हुने खतरा रहेको निजी अस्पतालहरूको संस्था निजी अस्पताल संघका उपाध्यक्ष कुमार थापा बताउँछन् ।

उनका अनुसार कोभिडका गम्भीर खाले बिरामी आउँदा अक्सिजन पु¥याउनै कठिन भएको हो । कोभिडका जटिल खाले एक जना बिरामीलाई दिनमा कम्तीमा ५ सिलिन्डर अक्सिजन दिनु परिरहेको उनी बताउँछन् ।

अहिले काठमाडौं उपत्यकाका ह्याम्स, अल्का, निदान, भक्तपुरलगायत अस्पातलमा अक्सिजनको अभाव शुरू भएको हो । यी अस्पतालमा अक्सिजनको अभाव हुँदा कोभिडका जटिल खाले अक्सिजन दिनुपर्ने बिरामीहरूलाई अन्तै रिफर गर्न थालिसकेको सम्बद्ध अस्पतालका चिकित्सकहरूको भनाइ छ ।

काठमाडौं उपत्यकासहित देशभर ३१ ओटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । साना ठूला अस्पतालमा गरी ६ हजार ३ सय अक्सिजन सिलिन्डर अहिले प्रयोग भइरहेको छ । तर, अक्सिजनको माग निकै बढेपछि जटिल आपूर्तिमा समस्यामा आएको हो ।

नेपाल चिकित्सक संघले अक्सिजन सिलिन्डरको अभाव तत्काल हटाउन माग गरेको छ । अक्सिजन सिलिन्डरको अभाव नहुने अवस्था सुनिश्चित गर्न शनिवार एक विज्ञप्तिीजारी गर्दै संघले माग गरेको हो ।

संघका महासचिव बद्री रिजालले अक्सिजनको अभावमा कोभिडका बिरामीहरू भर्ना गर्नै कठिन हुन लागेको बताउँदै अक्सिजन सिलिन्डर र बेडको सुनिश्चितता गर्न सरकारसँग माग गरे । यो समाचार आजको अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको