Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एक जनाको मृत्यु ७ जना घाइते

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १२ : ०० मा प्रकाशित

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एक जनाको मृत्यु ७ जना घाइते

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । 

ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए । 

घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।

विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओेधोगिक क्षेत्रमा रहेको छ । 

विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । 

सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको