Like us!
Follow us!
Connect us!
Watch us!

परिसंघ, इन्भेष्टमेन्ट बैंक र प्रभु बैंककाे सहकार्यमा शिक्षण अस्पताललाई अक्सिजन प्लान्ट

अर्थ संसार

सोमबार, ०४ साउन २०७८, १२ : २३ मा प्रकाशित

परिसंघ, इन्भेष्टमेन्ट बैंक र प्रभु बैंककाे सहकार्यमा शिक्षण अस्पताललाई अक्सिजन प्लान्ट

नेपाल उद्योग परिसंघको अगुवाई एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ। नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा प्लान्ट हस्तान्तरण एवं सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

परिसंघका अध्यक्ष सतिशकुमार मोर र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको हाे।

कार्यक्रममा परिसंघका अध्यक्ष मोरले देश संकटमा परेका बेला निजी क्षेत्र अग्रस्थानमा उभिएर आफ्नो कर्तव्य पुरा गरेको बताएका थिए ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा डा दिव्या सिंह शाहले कोभिड-१९ को संकटपूर्ण अवस्थामा शिक्षण अस्पतालले हरतरहले सेवा प्रदान गरेको बताउँदै परिसंघ एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकलाई धन्यवाद ज्ञापन गरेका छन्। 

यसैगरी परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले संकटको बीचमा निजी क्षेत्रले ठूलो सहयोग गरेको उल्लेख गरेका थिए ।

प्रभु बैंकका अध्यक्ष जीवनप्रकाश सिटौलाले जनताको जीवन रक्षाका लागि योगदान गर्न पाउनु खुशीको विषय भएको उल्लेख गरेका थिए ।

त्यसैगरी, शिक्षण अस्पतालका कार्यकारी निर्देशक संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेकोमा परिसंघ, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे तथा महानिर्देशक यादवप्रसाद पौड्याल एवं शिक्षण अस्पतालका प्रशासन प्रमुख राजुकुमार श्रेष्ठको उपस्थिति थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको