महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर आज (वैशाख २६ गते) देखि लिलामीमा बिक्री खुल्ला गरेको छ । 
बैंकले कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम ६ सय ९८ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
 
उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । 
लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस