साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १५.४५ अंकले बढेर २६५२.५८ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक ४.३४ अंकले बढेर ४७७.३८ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ६८ वटा कम्पनीको २१ हजार ६ सय ५८ कित्ता सेयर खरिदबिक्री हुँदा एक कराेड ६८ लाख ५ हजार ४ रुपैयाँको कारोबार भएकाे छ ।
गत साताकाे अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेर २६ सय ३७ दशमलव १३ विन्दुमा पुगेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस