Like us!
Follow us!
Connect us!
Watch us!

अनियन्त्रित चिनियाँ रकेट पृथ्वीमा खस्यो, सम्भावित जोखिम टर्यो

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, १२ : ४९ मा प्रकाशित

अनियन्त्रित चिनियाँ रकेट पृथ्वीमा खस्यो, सम्भावित जोखिम टर्यो

अनियन्त्रित भएको चिनियाँ रकेट आज आइतबार बिहान  बेलायती समय अनुसार ३ बजेर २४ मिनेटमा पृथ्वीमा खसेको छ  । 

उक्त रकेट  माल्दिभ्स नजिकैको हिन्द महासागरमा खसेको र रकेटको अधिकांश पार्टपूर्जा अन्तरिक्षमा जलेर ध्वस्त भएको र बाँकी रहेका केहि भाग मात्र महासागरमा खसेको स्पेस ट्रयाकले जनाएको छ ।

रकेटको चौडाइ १६ फिट र लम्बाइ ९८ फिट थियो । यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेसन बनाउन प्रक्षेपण गरेको थियो। पृथ्वीमा  खस्नु अघि यो रकेट प्रतिघण्टा २७,६०० किलोमिटरको गतिमा पृथ्वी वरपर घुमिरहेको थियो ।

सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको थिएन। तर २१ टनको लङ मार्च ५बी रकेट त्यसरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सबैभन्दा ठूलो वस्तु बनेको छ । यो रकेट वायुमण्डलमा जलेर नष्ट हुने र भएन भने पनि यो पानीमा पर्ने सम्भावना धेरै भएको बताईएको थियो। रकेट खस्नु केहि घण्टा अगाडीसम्ममा  यो कहाँ खस्छ भन्ने वैज्ञानिकहरूलाई थाहा थिएन । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको