Like us!
Follow us!
Connect us!
Watch us!

लोकसेवा आयोगको अध्यक्षमा पुर्व सचिव रेग्मी सिफारिस

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, १४ : २६ मा प्रकाशित

लोकसेवा आयोगको अध्यक्षमा पुर्व सचिव रेग्मी सिफारिस

आज आइतबार बसेको संवैधानिक परिषद्को बैठकले पुर्वसचिव माधवप्रसाद रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरेको छ । 

आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो ।

परिषद्को बैठकमा सभामुख अग्नी सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले उपस्थित नहुने घोषणा गरेका थिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र  राष्ट्रीय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाको मात्र उपस्थिती थियो ।  

कांग्रेस निकट मानिने रेग्मीलाई कतिपयले कांग्रेस सभापति देउवाकै सिफारीसमा नियुक्त गरिएको हुन सक्ने अनुमान गरिरहदा कतिपयले भने उनि नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु भएकाले प्रधानमन्त्री ओलीले उनलाई नियुक्ति दिएर नेकपा विभाजनको फैसलाको गुन तिर्न खोजेको टिप्पणीसमेत गर्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको