एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे सेयर  आज (वैशाख २७ गते, सोमबार) बाट बिक्री खुल्ला गरेकाे छ ।
बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ४१ हजार ८ सय ९६ कित्ता र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार २ सय ७० संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको न्युनतम मूल्य प्रतिकित्ता ७ सय ८३ रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे न्युनतम मूल्य प्रतिकित्ता ४ सय ४९ रूपैयाँ ताेकिएकाे छ ।
उक्त सेयरमा लगानीकर्ताले आज (वैशाख २७ गते, सोमबार) बाट जेठ १० गतेसम्म न्युनतम एक सय कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
                                                                                                                    
                                                            
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस