Like us!
Follow us!
Connect us!
Watch us!

अक्सिजन सिलिण्डर डिपोलाई फिर्त गर्न नेपाल हस्तकला कालिगढ संघको आग्रह

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १७ : ४५ मा प्रकाशित

अक्सिजन सिलिण्डर डिपोलाई फिर्त गर्न नेपाल हस्तकला कालिगढ संघको आग्रह

नेपाल हस्तकला कालिगढ संघले कालिगढहरुको उद्योग तथा कारखाना प्रयोगका लागि राखिएको अक्सिजन सिलिण्डर सम्बन्धित डिपोमा र्फित गर्न आग्रह गरेको छ ।  

संघले एक विज्ञप्ती जारी गर्दै यस्तो विषम परिस्थितिमा उद्योग तथा कारखानामा भएको अक्सिजन सिलिण्डहरु (खाली वा भरेको) कोही कसैसँग भएमा यस संघ तथा लगेको डिपोमा बुझाउन आग्रह गरेको छ ।  अक्सिजनको अभावले कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले यस्तो आग्रह गरेको संघका अध्यक्ष हरी सिन्चुरी बि.क.ले बताए । 

विज्ञप्तीमा यस्तो  छ  ।

हाल नेपालमा कोरोन भाइरस (कोभिड १९) को दोस्रो लहरले समग्र हस्तकला कलाकर्मी , आर्थिक तथा सामाजिक क्षेत्रमा गहिरो प्रतिकुल प्रभाव परिसकेको छ। दिनानु दिन कोभिड संक्रमित संख्याको बृद्धिले स्थिति झनै जटिल बन्दै गएको छ। अस्पतालहरुमा संक्रमितहरुको भिडभाडले स्वास्थ्य उपचारमा समेत जटिलता थपिदै गैरहेको छ। सिमित संख्या मा रहेको आईसियू र भेन्टिलेटरले सबै संक्रमितहरुको उपचार सम्भब नहुदा मृत्युदर पनि बढ्दै गहिरहेको हुनाले हामी सबै आफै सचेत र सहज हुन आत्यन्त जरुरि भई सकेको छ।

संक्रमितहरुको संख्या गुणात्मक ढंग ले बढ्दै गईरहेको हुदा अस्पतालहरुमा वेडको साथ साथै अक्सिजनको अभावले गर्दा कयौं संक्रमितहरुले अनाहकमा ज्यान गुमाउनु परेको खबरले हाम्रो यस संघ मर्माहत भएको छ। यस बिषम घडीमा हस्तकला कलिगढ़हरुले आफ्नो उद्योग तथा कारखानाको प्रयोजनका लागि राखिएको अक्सिजन सिलिण्डर ( खाली वा भरेको) कोहि कसैसंग भएमा यस संघ तथा लिगेको डिपोलाई उपलब्ध गराई सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्द छौँ।

यहाँहरुले उपलब्ध गराउनु भएको अक्सिजन सिलिण्डरले कसैको ज्यान बचाउनलाई महत्तो पूर्ण योगदान पुगन सक्छ। यो बिषम परिस्थितिमा मानविय सेवालाई नै पहिलो प्राथमिकतामा राखी आफुले सम्भव भए सम्मको सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको