Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना अपडेट : १३९ जनाको मृत्यु, संक्रमित पनि हालसम्मकै उच्च !

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १८ : ४५ मा प्रकाशित

कोरोना अपडेट : १३९ जनाको मृत्यु, संक्रमित पनि हालसम्मकै उच्च !

आज सोमबार नेपालमा कोरोना संक्रमित र मृतक दुवैको संख्याले नयाँ रेकर्ड राखेको छ  । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ४ सय ११ जनाको परीक्षण गर्दा ९ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १३९ संक्रमितको मृत्यू भएको मन्त्रालयले जनाएको छ । कोरोनाबाट एकैपटक मृत्यु हुनेको यो संख्या हालसम्मकै उच्च हो । त्यसैगरी, सोमबार ४ हजार ७ जना संक्रमण मुक्त भएका छन् ।  हाल क्वारेन्टाइनमा ४ सय २७ जना रहेका छन् ।  

आइतबार ८ हजार ८ सय ५० जना संक्रमित थपिएका थिए भने ५२ जनाको मृत्यु भएको थियो ।
 

60992fe976cad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको