Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ ल्याउन लागेकाे रिलायबल नेपाल लाइफको वित्तीय विवरण सार्वजनिक, आर्थिक अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १० : ४५ मा प्रकाशित

आईपीओ ल्याउन लागेकाे रिलायबल नेपाल लाइफको वित्तीय विवरण सार्वजनिक, आर्थिक अवस्था कस्तो ?

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा २४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २२ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले १६ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ३२ करोड ३४ लाख ७३ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ९१ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले १ अर्ब २१ करोड ५६ लाख ७३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे बिमा कोषको आकार पनि १३२ प्रतिशतले  बढेर २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ८२ करोड ३२ लाख रुपैयाँ रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

609a106fe7843.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको