Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफ काठमाडौं रिजनको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, ०४ जेठ २०८२, ११ : २४ मा प्रकाशित

रिलायबल नेपाल लाइफ काठमाडौं रिजनको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौ रिजनद्वारा काठमाडौभरिका २०० अभिकर्ताहरूसँग उत्प्रेरणामुलक तालिम कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले काठमाडौ प्रदेशका एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई मोटिभेशनल तालिम दिएको हो।

कार्यक्रम शनिबार काठमाडौको बसुनधारा स्थित दियालो फुफुडल्यान्डमा आयोजना गरिएको थियो। उक्त तालिममा काठमाडौ रिजन अन्तर्गतका सबै शाखामा आवद्ध नयाँ र पुराना अभिकर्ताहरुलाई उत्प्रेरणा दिने उद्देश्य राखिएको थियो।

कार्यक्रमको अध्यक्षता काठमाडौ रिजनका रिजनल मेनेजर यम पोखरेलले गरे भने, प्रमुख अतिथि कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिपेस बाबु तिवारी थिए। कार्यक्रमका अन्य अतिथिहरूमा सहायक महाप्रबन्धक शैलेन्द्र श्रेष्ठ र चिफ मेनेजर प्रकाश कुमार धिताल पनि उपस्थित थिए।

नायब प्रमुख कार्यकारी अधिकृत दिपेस बाबु तिवारीले उत्प्रेरणा र जीवन उपयोगी विषयवस्तुहरूको बारेमा अभिकर्ताहरुलाई जानकारी दिएका थिए। उनले अभिकर्ताहरुलाई आफ्ना लक्ष्य हासिल गर्नका लागि प्रोत्साहित गर्दै, उनीहरूको पेशागत विकासको लागि महत्वपूर्ण जानकारी साझा गरे।

कार्यक्रममा काठमाडौ रिजनका रिजनल मेनेजर यम पोखरेलले भने, "यो कार्यक्रम अभिकर्ताहरुलाई व्यवसाय विस्तारमा धेरै मद्दत पुर्‍याउनेछ। हामीलाई विश्वास छ कि सबै अभिकर्ताहरुले कम्पनीले तोकेको लक्ष्य पूरा गर्नेछन्।"

यस कार्यक्रमले अभिकर्ताहरुलाई सकारात्मक सोच र ऊर्जा प्रदान गर्दै, उनीहरूलाई आगामी चुनौतीहरूको सामना गर्न उत्प्रेरित गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको