Like us!
Follow us!
Connect us!
Watch us!

कालिमाटी तरकारी बजार बन्द हुने !

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १२ : १२ मा प्रकाशित

कालिमाटी तरकारी बजार बन्द हुने !

बढ्दो कारोना प्रभावका कारण अव कालिमाटी तरकारी बजार काठमांडौ जिल्ला प्रशासन कार्यलयले तोकेको अवधिधरका लागि बन्द हुने भएको छ । आज कालिमाटी तरकारी तथा फलफुल विकास समितीले बिज्ञप्ति जारी गर्दै यस्तो जाकारी दिएको हो ।

कृषक बजार आजै देखि लागुहुने गरी बन्द गरिने, थोक बजारमा हुने खुद्रा कारोबार भोलि अर्थात बैशाख २९ गते देखि र खुद्रा बजार बैशाख ३० गते देखि पुर्ण रुपमा बन्द गरिने समितीले जनाएको छ । साथै समितीले थोक बजारमा प्याकेजि.. गरेर मात्र विक्रि बितरण गराउन र्निदेशन दिएको छ । 

एक थोक पसलमा अधिकतम २ जना सम्म मात्र बसि सामाजिक दुरी कायम गर्दै सम्पुर्ण मापदण्ड पुरा गरेर मात्र कारोबार गर्नुपर्ने छ भने तरकारी बजार परिसर भित्र साइकल,मोटरसाइकल, तथा ठेलाहरु प्रवेशमा पुर्णरुपमा प्रतिबन्ध लगाइएको छ । 
 

609a2512b4bab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको