Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार एकैदिन कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु, कति थपिए संक्रमित ?

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १७ : ५२ मा प्रकाशित

मंगलबार एकैदिन कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु, कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार मंगलबार ९ हजार ४ सय ८३ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा २१ हजार ३ सय १६ वटा नमुना परीक्षण गरिएकाेमा ९ हजार ४ सय ८३ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे । याे सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना पुगेको छ ।

यस्तै, गत  २४ घण्टामा ५ हजार २ सय २५ जना काेराेना जितेर घर फर्किएका छन् ।

त्यसैगरी, नेपालमा मंगलबार एकैदिन कोरोना भाइरसकाे संक्रमणबाट २२५ जनाले ज्यान गुमाएका छन् । मंगलबार मात्रै नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याे सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको