आज (बुधबार) सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । आज नेप्से परिसूचक झिनो अंकले बढेको हो ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ को बिन्दुमा पुगेको छ । नेप्से ०.०२ प्रतिशतले बढेको हो  । यस्तै सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ४७८.३८ को बिन्दुमा पुगेको छ  । 
आज कूल २१५ कम्पनीको एक करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँ बराबरको कारोबार भएको छ  ।
बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयरमूल्य घटेको छ  ।
आज १३ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस्ता आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, खानीखाेला हाइड्राेपावर र बाेटलर्स नेपाल (तराइ) काे सेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी,  अन्य १० वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आज कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अब्बल रहेको छ । कम्पनीले ३५ करोड १६ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । 
त्यसैगरी, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयर, साल्ट ट्रेडिङ कर्पोरेशन, सानिमा जनरल इन्स्योरेन्स, सूर्योदय लघुवित्त लगायत कम्पनीको सेयरमूल्य सबैभन्दा घटेको छ । 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस