Like us!
Follow us!
Connect us!
Watch us!

स्पेशल प्रि ओपन सेसन : कतिमा भयो एपोलो हाइड्रोपावरको कारोबार ?

अर्थ संसार

बुधबार, २७ जेठ २०८३, १० : ५८ मा प्रकाशित

स्पेशल प्रि ओपन सेसन : कतिमा भयो एपोलो हाइड्रोपावरको कारोबार ?

स्पेशल प्रि ओसन सेसनमा एपोलो हाइड्रोपावरको सेयर पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता २९९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो ।

कम्पनीको सेयर जेठ २५ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो । यस अनुसार हिजोको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनुपर्ने थियो। तर हिजो कारोबार म्याचिङ्ग नभएका कारण कारोबार हुन नसक्दा आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको १४ लाख १० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ३२ लाख ९० हजार कित्ता सेयर गरी कुल ४७ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । अब कम्पनीको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको