नेकपा एमाले ले प्रधानमन्त्री बालेन शाह को भारत–नेपाल सीमासम्बन्धी अभिव्यक्तिबारे शिशिर खनाल ले दिएको स्पष्टीकरण मान्य नहुने बताएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले उक्त विषयमा जवाफ परराष्ट्रमन्त्रीले नभई प्रधानमन्त्री स्वयंले दिनुपर्ने बताएका हुन्।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र कूटनीतिक सम्बन्धसँग सम्बन्धित गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै संसदलाई स्पष्ट जवाफ दिन सरकारको नेतृत्व तह नै जिम्मेवार हुनुपर्ने धारणा राखे।
उनले भने,‘जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ । परराष्ट्रमन्त्रीले जवाफ दिएर हुँदैन । किन कि यो उहाँको अभिव्यक्ति नै होइन । सदनको संकट प्रधानमन्त्रीकै अभिव्यक्तिको कारण आएको हो । संकट समाधान नभएसम्म देशको गरिमाको निम्ति संघर्ष जारी राख्नेछौं ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस