आईएमई लाइफ इन्स्योरेन्सको संस्थापक समूह तथा कर्मचारीहरूका लागि छुट्याइएको सेयरको लक–इन अवधि आगामी असार ३० गते सकिने भएको छ। इन्स्योरेन्सको कुल २ करोड ८६ लाख कित्ता सेयरको लक–इन अवधि सकिन लागेको हो ।
हाल कम्पनीका संस्थापकहरूको २ करोड ८० लाख कित्ता सेयर र कर्मचारीतर्फ ६ लाख कित्ता सेयर लक–इनमा राखिएको छ । यी सेयरहरू लक–इन खुलेपछि दोस्रो बजारमा कारोबारयोग्य हुनेछन्। नेपाल धितोपत्र बोर्डले आईपीओ बाँडफाँट भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस