स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनाका लागि बलराम खतिवडाको प्यानल घोषणा गरिएको छ । यहि जेठ २९ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार खतिवाडाले आफ्नो प्यानल घोषणा गरेका हुन् ।
खतिवडा इप्पानका हालका महासचिव हुन् । उनको समूहबाट हालका उपाध्यक्ष भरत बहादुर खत्री, भरत प्रसाद नेपाल उपाध्यक्षका उम्मेदवार बनेका छन् । त्यस्तै उपाध्यक्षहरुमा कुमार खरेल, ई.विपक पौडेलले समेटिएका छन् । महिला उपाध्यक्षमा सिर्जना खड्कालाई यो समूहरुले उम्मेदवरा बनाएको छ ।
त्यस्तै महासचिवमा हालका उपमहासचिव प्रकाशचन्द्र दुलाल यो समूहका उम्मेदवार रहेका छन् । सचिवहरुमा कृष्ण प्रसाद घिमिरे, राता बहादुर इस्बो लिम्बु, ई. बरेन्द्र बहादुर मल्ल, सचिव (महिला) मा संगीता धमाला, अर्को सचिवमा इशा श्रेष्ठ उम्मेदवार रहेका छन् । कोषाध्यक्षमा ई. मिथुन पौडल यो समूहका उम्मेदवार रहेका छन् ।
सदस्यहरुमा सोमनाथ कँडेल, डा. भुषण गुरागाई, सन्तोषराज नेपाल, मिलन खड्का, जगदिश शिवाकोटी, सिए नारायण कँडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदिप ओली उम्मेदवार बनेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस