Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ह्वातै घट्यो, रेमिट्यान्स कति भित्रियो ?

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, १७ : १४ मा प्रकाशित

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ह्वातै घट्यो, रेमिट्यान्स कति भित्रियो ?

चालु आर्थिक वर्ष २०७७/७८ काे ९ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा दाेहाेराे अंककाे वृद्धि भएकाे छ ।

चालु आर्थिक वर्षको ९ महिनामा ७ खर्ब २९ अर्ब २ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएकाे छ । उक्त रेमिट्यान्स गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १६.५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो ।

यस्तै, समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा याे संख्या १०.२ प्रतिशतले बढेको थियाे ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ५५.७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा याे संख्या १५ प्रतिशतले बढेको थियो । 

त्यसैगरी, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले बढेर ६ अर्ब १९ करोड डलर पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको