Like us!
Follow us!
Connect us!
Watch us!

गत आर्थिक वर्षमा १७ खर्ब माथिको रेमिट्यान्स भित्रियो, असारमा मात्रै करिब २ अर्ब

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १६ : ४२ मा प्रकाशित

गत आर्थिक वर्षमा १७ खर्ब माथिको रेमिट्यान्स भित्रियो, असारमा मात्रै करिब २ अर्ब

गत आर्थक वर्ष वर्ष २०८१/८२ मा वैदेशिक राजगारीमा गएका नेपालीहरुले १७ खर्ब बढी रिमिट्यान्स नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । 

गत आवमा अघिल्लो आवको भन्दा १९.२ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ सालको असार महिनामा मात्रै विदेशबाट १  खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह ११७ अर्ब ७८ करोड रहेको थियो । समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१८७४ अर्ब ३० करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आय रु.१५७१ अर्ब २४ करोड रहेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको