Like us!
Follow us!
Connect us!
Watch us!

रेमिट्यान्सको वर्षा: तीन महिनामै ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रियो

अर्थ संसार

मंगलबार, ०४ मंसिर २०८१, १९ : ३३ मा प्रकाशित

रेमिट्यान्सको वर्षा: तीन महिनामै ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रियो

चालु आर्थिक वर्ष २०८१/८२ पहिलो तीन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ११.५ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अघिल्लो बर्षको सोहि अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।  

अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको हो । 

गत असोज मसान्तसम्ममा खुद ‘ट्रान्सफर’ चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब चार अर्ब सात करोडमा सीमित थियो ।

असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार ९३९ रहेको राष्ट्रबैंकले जनाएको छ । अघिल्लो बर्षको सोहि अवधिमा श्रम स्वीकृति लिनेको संख्या एक लाख १३ हजार ३९७ थियो भने पुन: श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको