Like us!
Follow us!
Connect us!
Watch us!

१८ प्रतिशतले बढ्यो रेमिट्यान्स, साउनमा भित्रियो १ खर्ब ३६ अर्ब

अर्थ संसार

विहीबार, १० असोज २०८१, १४ : ०१ मा प्रकाशित

१८ प्रतिशतले बढ्यो रेमिट्यान्स, साउनमा भित्रियो १ खर्ब ३६ अर्ब

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिट्यान्स १ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । साउन महिनामा १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । गत वर्षको साउन महिनाको तुलनामा यो वर्षको साउनमा रेमिट्यान्स १८ प्रतिशतले बढेको छ ।

यस्तो रेमिटेयान्स आय गत वर्षको सोही अवधिमा २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा श्र स्वीकृति ३९ हजार १५२ ले लिएका थिए भने पुन श्रम स्वीकृति लिनेको संख्या १६ हजार ४२३ रहेको थियो ।

साउनमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२८ अर्ब २१ करोड रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको