Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरको नाफा २१.६७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १० : ०८ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरको नाफा २१.६७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ७ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २१.६७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २२.२९ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियाे ।

हालसम्म कम्पनीकाे अन्य श्रोतबाट हुने आम्दानी पनि ४ करोड ९२ लाख रुपैयाँबाट बढेर ६ करोड ८२ लाख रूपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ४ करोड  रुपैयाँ, जगेडा कोषमा ९ करोड ७७ लाख रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ३२ पैसा र प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०७ पैसा रहेकाे छ । 

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

609cab41e5b82.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको