Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको सेयरमा पोजेटिभ सर्किट, ७ कम्पनीको कारोबार सर्किट लेभलमा

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १३ : २८ मा प्रकाशित

२ कम्पनीको सेयरमा पोजेटिभ सर्किट, ७ कम्पनीको कारोबार सर्किट लेभलमा

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज समता लघुवित्त वित्तीय संस्था लिमिटेड र दिव्यश्वरी हाइड्रोपावरकाे सेयरमूल्य १० प्रतिशतले बढेको हो । 

त्यसैगरी,  अन्य ७ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । अन्य ७ कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

९ प्रतिशतभन्दा बढी वृद्धि हुने कम्पनीहरुमा जाेशी हाइड्रोपावर, प्रोगेशिभ फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी,खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्स कम्पनी र  युनियन हाइड्राेपावरकाे रहेका छन् ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ८.५० अंकले बढेर २६८२.३८ विन्दुमा पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको