Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन हाइड्रोको नाफा १ करोडभन्दा बढी, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, ३१ बैशाख २०७८, १० : ५४ मा प्रकाशित

माउन्टेन हाइड्रोको नाफा १ करोडभन्दा बढी, ईपीएस कति ?

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वितीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्म कम्पनीले आकर्षण प्रगति गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड ६५ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष यही अवधिमा कम्पनी १० करोड १० लाख रुपैयाँ नोक्सानीमा थियो। 

चैत मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ४१ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ ।  यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा २१.८० प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ३३ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चैत मसान्तसम्म कम्पनीको सञ्चालन मुनाफा २५ करोड ३७ लाख रुपैयाँ रहेको छ।  चुक्तापुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १४ करोड २५ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ६९ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको