नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माउन्टेन हाईड्रो नेपाल लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ ।
कम्पनीकाे सञ्चालक समितिकाे बैठक १०:०० बजे बसेर आर्थिक वर्ष २०७८/७९ काे लाभांश तथा साधारण सभा प्रस्ताव गरेकाे जानकारी नेप्सेमा भने ३:०२ मा गराएकाे भन्दै नेप्सेले सूचना लुकाएकाे आरोपमा कम्पनीको कारोबार रोक्का गरेको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेकाे सूचनामा उल्लेख गरिएकाे छ ।
ऐ. विनियमावलीको विनियम १६( १ (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको भन्दै कम्पनीले के कति कारणबाट नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो र समयमानै जानकारी नदिएको हो ? यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस