Like us!
Follow us!
Connect us!
Watch us!

संचालकलेनै गरे माउन्टेन हाइड्रो नेपालको साधारणसभा बहिस्कार

अर्थ संसार

सोमबार, २३ पुस २०८०, २१ : १२ मा प्रकाशित

संचालकलेनै गरे माउन्टेन हाइड्रो नेपालको साधारणसभा बहिस्कार

कम्पनीमा संस्थापक समुहमा एकै घरका श्रीमान श्रीमती  दुई छोराहरूले कम्पनीको बोर्ड कब्जा गरी स्वतन्त्र सञ्चालक समेत नियुक्त नगरी आफू खुसी खर्च देखाई सेयरधनीहरूलाई  हालसम्म लाभांश वितरण नगरी कम्पनीलाई विभिन्न समयमा आफू खुसी खर्चको भारी बोकाई बाढी लगायतका क्षतिका नाममा आफू खुसी आफ्नो मनपरिमा खर्च देखाई एकै परिवारले कम्पनीलाई दुहुनो गाई जस्तो बनाईजस्तो बनाई संचालन गरेको अनुमान गर्न सकिन्छ।

वार्षिक प्रतिवेदनमा छैन हस्ताक्षर

माउन्टेन हाइड्रो नेपाल लिमिटेडको संचालक समितिमा संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनी बीच किचलो रहेको बुझिएको छ। 

आज सम्पन्न कम्पनी साधारणसभा संस्थापक सेयरधनीहरु कै रोहबरमा सम्पन्न भयो भने सर्वसाधारण सेयरधनीको नेतृत्त्व गरेका पब्लिक संचालक अनुपस्थित थिए। मतलब यो सभालाई सर्वसाधारण सेयरधनीको तर्फका संचालकको बहिस्कार नै थियो। 

कम्पनीले छापेको कम्पनीको वार्षिक प्रतिवेदनमा सर्वसाधारण संचालकको हस्ताक्षर भएको पाइँदैन  त्यहिँबाट पनि कम्पनीको संचालक समितिमा संस्थापक र सर्वसाधारण सेयरधनी बिच असमझदारी छ भन्ने बुझिन्छ। यसबाट के बुझिन्छ भने कम्पनीमा संस्थापक समूहले संस्थागत सुशासनलाई लत्याउँदै संस्थागत सुशासन कायम गर्न नखोजेको प्रष्ट देखिन्छ। हुने खर्च विवरण पनि यथार्थ नभएको र खर्चमा कैफियत  हुनसक्ने अनुमान लाउन सकिन्छ। सञ्चालकको हस्ताक्षर नै नभएको वार्षिक प्रतिवेदनले उक्त कुरालाई प्रष्ट पार्दछ। यद्यपि उक्त विवाद बारे हालसम्म बाहिर कतै आएको पाइँदैन। यस सन्दर्भमा के कसो भएको हो भनी हामीले पब्लिक संचालकलाई फोन गरेर सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

कम्पनीले हाल सम्म पनि लेखा समिति गठन गरेको देखिदैन। अझै पनि कम्पनीलाई प्राइभेट लिमिटेड जसरी चलाएको भनेर साधारणसभामा उपस्थित लगानीकर्ताले नै कम्पनीको आलोचना गर्दै थिए। त्यसैगरी कम्पनीले हालसम्म पनि कम्पनी ऐनले व्यवस्था गरेको स्वतन्त्र सञ्चालक समेत नियुक्त गरेको पाइँदैन। 

कम्पनीले सर्वसाधारणलाई आइपिओ जारी गरेपस्छात एक पटक पनि सेयरधनीलाई लाभांश दिएको छैन। यो पटक पनि लाभांश थिएन बरु सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासनको भारी बोकाउने प्रस्ताव पारित गरिएको थियो । कम्पनीले अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ती गर्ने तथा एक आपसमा गाभ्ने प्रस्ताव पारित गर्यो। साधारण सभाबाट हकप्रतक्षरको प्रस्ताव पारित गरेको भए तापनि विद्युत नियमन आयोग बाट हालसम्म स्वीकृति समेत लिएको  देखिँदैन। त्यसैगरी उक्त हकप्रद कुन प्रयोजनलाई हो भन्ने समेत कतै खुलाइएको पाइँदैन।

सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन र लेखा परीक्षकका प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९ /०८० को वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु) लाई पारित गरेको भनेको छ। 

कम्पनीको प्रथम त्रैमासिक सम्म प्रतिसेयर आम्दानी १ रुपैयाँ २७ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ ६५ रुपैयाँ ७२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको