Like us!
Follow us!
Connect us!
Watch us!

युनिभर्सल पावरको नाफासँगै अधिकांश सूचकमा गिरावट, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, ३१ बैशाख २०७८, १४ : २९ मा प्रकाशित

युनिभर्सल पावरको नाफासँगै अधिकांश सूचकमा गिरावट, प्रतिसेयर आम्दानी कति ?

युनिभर्सल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको नाफामा गिरावट आएको छ ।

सो अवधिसम्म कम्पनीको खुद नाफा ५६.५७ प्रतिशतले घटेर १ करोड ८४ लाख रुपैयाँ सीमित भएको छ । गत वर्ष कम्पनीले ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । 
कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि ३ करोड ३९ लाखले घटेर २ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष कम्पनीले अन्य स्रोतबाट ६ करोड २० लाख रुपैयाँ  आम्दानी गरेको थियो ।
 
कम्पनीले हालसम्म विद्युत उत्पादन गरेको छैन । कम्पनीको हालसम्म निर्माण कार्य ९८% सम्पन्न गरिसकेको जनाएको छ । 
 
हाल चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ९२ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ १७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ६८ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको