Like us!
Follow us!
Connect us!
Watch us!

युनिर्भसल पावरको नाफामा उछाल, ८१४ प्रतिशतले बढ्यो बिद्युत बिक्रि आम्दानी

अर्थ संसार

विहीबार, ०१ मंसिर २०७९, ०८ : १५ मा प्रकाशित

युनिर्भसल पावरको नाफामा उछाल, ८१४ प्रतिशतले बढ्यो बिद्युत बिक्रि आम्दानी

युनिर्भसल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ६ करोड ४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जुन गत आर्थिक बर्षको तुलनामा ३८४.२१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड २४ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर १२ करोड ४८ लाख ६१ हजार रूपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो बर्षको यसै अवधिको तुलनामा ८१४.७४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १ करोड ३६ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ र जगेडा कोषको आकार २२ करोड ५६ लाख ५५ हजार रूपैयाँ नकारात्मक रहेको छ । पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर ११ रुपैयाँ ५१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११०.७४ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १७.९८ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको