Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा प्राइम कमर्सियल बैंकसहित चार कम्पनीकाे बोनस सेयर सूचिकृत

नेप्से

शनिबार, ०१ जेठ २०७८, ०९ : ४४ मा प्रकाशित

नेप्सेमा प्राइम कमर्सियल बैंकसहित चार कम्पनीकाे बोनस सेयर सूचिकृत

यस साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत भएको छ । ४ वटै कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे हाे ।

प्राइम कमर्सियल बैंक लिमिटेडको २ करोड ९ लाख ७७ हजार ८ सय ७४ दशमलव २५ कित्ता बोनस सेयर  याे साता नेप्सेमा सूचिकृत भएकाे हाे । बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त बाेनस पाैष २९ गते, बुधबार, बैंककाे केन्द्रिय कार्यालय, काठमाडाैँमा सम्पन्न भएकाे बैंककाे १३औं वार्षिक साधारण सभाले पारित गरेकाे थियाे ।

यसैगरी, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ६६ हजार १ सय १७ कित्ता बोनस सेयर याे साता नेप्सेमा सूचिकृत भएकाे हाे । संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे  । उक्त लाभांश फागुन २८ गते, शुक्रबार ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा सम्पन्न भएकाे संस्थाकाे चाैँथाे वार्षिक साधारण सभाले पारित गरेकाे थियाे ।

यसका साथै, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस सेयर याे साता नेप्सेमा सूचिकृत भएकाे हाे । संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश माघ २४ गते, शनिबार संस्थाकाे केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपुरमा सम्पन्न भएकाे चौधौँ  वार्षिक साधारण सभाले पारित गरेकाे थियाे ।

त्यस्तै, साहारा विकास बैंक लिमिटेडको १ लाख ६७ हजार ८ सय ८८ दशमलव ०४ कित्ता बोनस सेयर याे साता नेप्सेमा सूचिकृत भएकाे हाे । बैंकले गत आर्थिक वर्षकाे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २३ प्रतिशत बोनस सेयर र १.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

याे पनि :

नेप्सेकै वेभसाइटबाटै लिन सकिन्छ महत्त्वपूर्ण सूचना, सेयर लगानीकर्ताले जान्नै पर्ने कुरा

 

 




 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको