Like us!
Follow us!
Connect us!
Watch us!

आज डिम्याट खाता खोलेर भोलि दोस्रो बजारमा प्रवेश गर्नु हुन्नः लगानीकर्ता ढकालसँगको कुराकानी

अर्थ संसार टक

शनिबार, ०१ जेठ २०७८, ११ : २५ मा प्रकाशित

शेयर लगानीकर्ता दबाब समुहका संयोजक हुन् हरि ढकाल । बजारमा लगानीकर्ताको हित प्रतिकुल हुने कुराहरूलाई हटाउन उनको समुहले दवाव दिँदै आएको छ  ।  

ढकाल नयाँ लगानीकर्ताहरुले बजार सधै बढिरहने वा घटिरहने मात्र होईन भन्ने कुरा बुझेर आफूलाई घाटा खान तयार गरेर मात्र लगानी गर्नु पर्ने बताउँछन् । बजारमा हल्ला चलाउनेहरु धेरै हुने भन्दै लगानीकर्ताहरुलाई हल्लाको पछि नलागी परिपक्व भएर लगानी गर्न उनको सल्लाह छ ।

आफू बजारप्रति सधै सकारात्मक भएको भन्दै उनले कतिपयले आफुलाई बुलिस् स्वभाव भने पनि आफू बजार घट्ने र बढ्ने मनोविज्ञानबाट टाढा रहेको उनको दावी छ । बजार घट्दा पनि बढ्दा पनि दुवै अवस्थालाई अवसरका रुपमा लिन सकिने उनको तर्क छ । 

अहिले बजारमा कतिपय लगानीकर्ताहरुले आज डिम्याट खाता खोलेर , भोलि धितोपत्र दलालकहाँ आफ्नो कारोबार गर्ने आइडी बनाइ दोस्रो बजारमा प्रबेश गरिहाल्ने प्रबृति देखिएको भन्दै उनले दोस्रो बजार प्रबेश गर्नुपूर्व दोस्रो बजारको कम्तिमा सामान्य ज्ञान हासिल गरेर मात्र कारोबार थाल्न उपयुक्त हुने उनको भनाइ छ ।  

बजारमा भर्खरै प्रबेश गरेका नयाँ लगानीकर्ताहरुले नेप्से परिसुचक हेरेरभन्दा कम्पनीको वित्तीय अवस्था र लाभांशको इतिहास हेरेर लगानी गर्नुपर्ने ढकाल बताउँछन् । 

बैंकलाई ब्रोकर लाइसेन्स दिनै पर्छ : राधा पोखरेलसँग कुराकानी (भिडियोसहित)

आफूहरुले बिगतमा सेयर बजार सुधारका लागि राखेका कतिपय मागहरु पूरा भए पनि अझै कतिपय माग सम्बोधन नभएकाले आफूहरुले नियामक निकायलाई खबरदारी गरिरहेको ढकालले बताए ।

आफू बजारप्रति सधै सकारात्मक भएको भन्दै उनले कतिपयले आफुलाई बुलिस् स्वभाव भने पनि आफू बजार घट्ने र बढ्ने मनोविज्ञानबाट टाढा रहेको उनको दावी छ । बजार घट्दा पनि बढ्दा पनि दुवै अवस्थालाई अवसरका रुपमा लिन सकिने उनको तर्क छ । 

नेपालको सेयर बजारमा मात्र नभएर विश्वकै बजारमा चलखेल हुने गरेको दावी गर्दै उनले यस्तो चलखेलबाट लगानीकर्ताहरु आफैं चनाखो भएर जोगिनु पर्ने बताए । उनले कुन कम्पनीमा चलखेल भएको भन्ने कुरा नेप्सेको फ्लोरसिटकै अध्ययनबाट समेत जान्न सकिने भन्दै त्यस्ता चलखेल भएका कम्पनीमा लगानीकर्ताहरुले लगानी नगरेमा चलखेल गर्नेहरु आफै असफल हुने बताए ।  

बाणिज्य बैंकमा गरिएको लगानीले सधैं मुनाफाः ठूला लगानीकर्ता नवराज घिमिरेसँगको कुराकानी

बजारमा अहिले पनि कतिपय पुराना कम्पनीहरुको सेयर मूल्य ११–१२ सयको इन्डेक्स हुँदाकै दरमा रहेको भन्दै लगानीकर्ताहरुले नयाँ कम्पनीहरुको पछाडि दौडिनुभन्दा पुराना र राम्रो लाभांश वितरण गरिरहेका कम्पनीहरुमा लगानी गरे त्यस्ता कम्पनीको लगानी बढी सुरक्षित हुने उनको तर्क छ । 

विभिन्न लगानीकर्ता संघ संगठनहरुका बिच महासंघ बनाएर लगानीकर्ताहरुको हकहितका लागि एकढिक्का भएर अगाडि बढ्ने योजना बनिरहेको बताउछन् ढकाल । 

नयाँ लगानीकर्ताहरु आवेग र उत्तेजनमा आउन नहुने बताउँछन् उनी । बजारको बढाई र घटाई सामान्य हो भन्ने बुझेर कम्पनीले विगतमा कस्तो लाभांस वितरण गरिरहेको छ र भोलि कति लाभांश वितरण गर्ने सामाथ्र्यमा छ भन्ने बुझेर मात्र लगानीगर्नु पर्ने उनको सुझाव छ । 
उनै ढकालसंग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।
 

अर्थ संसार टकका अरु भागहरु हेर्न यहाँ क्लिक गर्नुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको