Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको ११ अर्ब ३८ करोड बराबरको हकप्रद आउँदै, कुनको कित्ता कति ?

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १० : ३६ मा प्रकाशित

३ कम्पनीको ११ अर्ब ३८ करोड बराबरको हकप्रद आउँदै, कुनको कित्ता कति ?

विभिन्न ३ कम्पनी हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा रहेका छन् । विभिन्न ३ कम्पनीले ११ अर्ब ३८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ११ करोड ३८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन् ।

हकप्रद निष्काशनका लागि सेबोनको अनुमतिको पर्खाइमा रहेका कम्पनीहरुमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेड रहेका छन् । सेबोनले स्वीकृति दिएसँगै यी कम्पनीको हकप्रद बजारमा आउनेछ ।

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड :

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न २०७६ साल असार ३१ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको छ ।
बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

छ्याङ्दी हाइड्रोपावर लिमिटेड

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै बैशाख १५ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।  

60a0a79e3489f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको