Like us!
Follow us!
Connect us!
Watch us!

दुई अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, ०६ : ४३ मा प्रकाशित

दुई अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

हिजो सोमबार बसेको मन्त्रिपषिद्को बैठकले दुई देशको अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । 

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि सरकारले कतार र  ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ। सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको ब्ताइएको छ। 

वर्तमान सरकार गठनपछि हिजो पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो। बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल भएको छ। 

कुनै पनि दलले राष्ट्रपति समक्ष आफ्नो बहुमत पेस गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा ठूलो दल रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा तेस्रो कार्याकालका लागि गत वैशाख ३० गते नियुक्त गरेकी थिईन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको