Like us!
Follow us!
Connect us!
Watch us!

थप ६ देशको हवाई उडान खोलिने, १० दिनसम्मको क्वारेन्टाइन खर्च सरकारले दिने

अर्थ संसार

विहीबार, ०३ असार २०७८, ०९ : २० मा प्रकाशित

थप ६ देशको हवाई उडान खोलिने, १० दिनसम्मको क्वारेन्टाइन खर्च सरकारले दिने

कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले नेपाली श्रमिकहरु अधिक भएका थप देशहरुमा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री  एवं  समितिका  अध्यक्ष  केपी  शर्मा  ओलीको  अध्यक्षतामा  प्रधानमन्त्री  निवास  बालुवाटारमा  बुधबार  राति  अबेरसम्म  बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । 

बैठकले साताम दुई  हजार  जना  यात्रुभन्दा  नबढ्ने  गरी  हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । 

बैठकले  वैदेशिक  रोजगारीमा  गएका  तर  विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत  गरेको  छ  ।  कुल  १५  दिन  बस्नुपर्ने  क्वारेन्टाइनका  लागि  १०  दिनसम्मको  खर्च सरकारले व्यवस्थापन गर्नेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको