Like us!
Follow us!
Connect us!
Watch us!

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्यो, जापानको बाँकी

अर्थ संसार

शुक्रबार, ०२ पुस २०७८, ०७ : १० मा प्रकाशित

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्यो, जापानको बाँकी

कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । 

अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकालगायतका खोपलाई मान्यता दिएको छ । अस्टे«लिया सरकारको पछिल्लो निर्णयसँगै विशेष गरी भिसा लागेर पनि अस्ट्रेलियाको सीमा बन्द भएर नेपालमै रोकिएका चार हजार नेपाली विद्यार्थीले लाभ लिनेछन् ।

यी विद्यार्थीहरू अहिले डलरमा शुल्क तिर्दै नेपालमै बसेर अस्ट्रेलियाका विश्वविद्यालयमा अनलाइनमा पढिरहेका छन् । अस्ट्रेलिया गएर कमाउँदै पढ्ने योजना बनाएका थुप्रै विद्यार्थी नेपालमा नै रहेर डलरमा शुल्क तिरेर पढ्नु पर्दा समस्यामा थिए । तत्काललाई उनीहरूले यस्तो समस्याबाट राहत पाउने नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले बताए । भिसा लागिसकेकाबाहेक सीमा खुल्ने वित्तिकै प्रक्रिया आरम्भ गर्ने योजना बनाएर थुप्रै विद्यार्थी बसेका छन् ।


अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक वैदेशिक गन्तव्य हो । पाण्डेका अनुसार बुधबार राति मात्रै नेपालबाट दुई सयभन्दा बढी विद्यार्थी अस्ट्रेलिया गएका छन् । डलरमा शुल्क तिर्दै नेपालमै बसेर अस्ट्रेलियाका विश्वविद्यालयमा अनलाइनमा पढिरहेका छन् । अस्ट्रेलिया गएर कमाउँदै पढ्ने योजना बनाएका थुप्रै विद्यार्थी नेपालमा नै रहेर डलरमा शुल्क तिरेर पढ्नु पर्दा समस्यामा थिए । तत्काललाई उनीहरूले यस्तो समस्याबाट राहत पाउने अध्यक्ष पाण्डेले बताए । भिसा लागिसकेकाबाहेक सीमा खुल्ने वित्तिकै प्रक्रिया आरम्भ गर्ने योजना बनाएर थुप्रै विद्यार्थी बसेका छन् । अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक वैदेशिक गन्तव्य हो । पाण्डेका अनुसार बुधबार राति मात्रै नेपालबाट दुई सयभन्दा बढी विद्यार्थी अस्ट्रेलिया गएका छन् । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको