Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल दूरसञ्चारसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्से

मंगलबार, ०४ जेठ २०७८, १६ : १९ मा प्रकाशित

नेपाल दूरसञ्चारसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

मंगलबार नेप्से सूचक र काराेबार रकम दुवैले नयाँ रेकर्ड बनाएका छन् । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ मा पुगेकाे छ । याे हालसम्म कै उच्च विन्दु हाे । कूल २१५ वटा कम्पनीकाे २ कराेड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएकाे छ । याे काराेबार रकम पनि हालसम्मकै उच्च हाे ।

नेप्से परिसूचक र कारोबार रकम दुवैले रच्यो नयाँ इतिहास

यस दिन नेपाल दूरसञ्चार कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे मूल्य १.०७ प्रतिशतले घटेर एक हजार ३ सय ८९ रूपैयाँमा झरेकाे छ ।

मंगलबार सबैभन्दा धेरै गुमाउने दाेश्राे सूचीमा अपार तामाकाेशी रहेकाे छ । यसको मूल्य १.०६ प्रतिशतले घटेर ८ सय ४० रूपैयाँमा झरेकाे छ । 

आज सबैभन्दा धेरै गुमाउने तेश्राे सूचीमा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य ०.९५ प्रतिशतले घटेर २ हजार एक सय ९९ रूपैयाँमा झरेकाे छ ।

हाइड्रोपावरमा ओइरिए लगानीकर्ता, यी हुन् रोजाइका कम्पनीहरु

त्यसैगरी, क्रमश : १०.२५% ग्लाेबल आइएमइ बैंक डिबेञ्चर २०८०/८१ काे मूल्य ०.९४ प्रतिशतले घटेर एक हजार ५० रूपैयाँमा झरेकाे छ । ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ०.५७ प्रतिशतले घटेर ८ सय ५७ रूपैयाँमा झरेकाे छ । एनआरएन इन्फ्रास्ट्रक्चरकाे सेयरमूल्य ०.५० प्रतिशतले घटेर ७ सय ९६ रूपैयाँमा झरेकाे छ । सानिमा जलरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ०.३८ प्रतिशतले घटेर ७ सय ८७  रूपैयाँमा झरेकाे छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे सेयरमूल्य ०.३७ प्रतिशतले घटेर ५ सय ४४ रूपैयाँमा झरेकाे छ । बाेटलर्स नेपाल (तराइ) काे सेयरमूल्य ०.३७ प्रतिशतले घटेर ११ हजार २ सय ३० रूपैयाँमा झरेकाे छ । लक्ष्मी इक्वीटी फण्डकाे मूल्य ०.३४ प्रतिशतले घटेर ११ रूपैयाँ ८० पैसामा झरेकाे छ ।

60a38add74c45.jpg

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको