Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार कोरोना संक्रमणबाट १९६ जनाको मृत्यू, ६८९१ जना संक्रमणमुक्त

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, १७ : ४२ मा प्रकाशित

मंगलबार कोरोना संक्रमणबाट १९६ जनाको मृत्यू, ६८९१ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २ सय ३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २ सय ८६ पीसीआर परीक्षणमा ८ हजार १ सय ३६ जनामा र ६ सय ९३ न्टिजेन परीक्षणमा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ९६ जना संक्रमितको मृत्यू भएको भने ६ हजार ८ सय ९१ जना संक्रमण मुक्त भएका छन् ।  

सोमबार देशभर ९ हजार २ सय ४७ जना संक्रमित थपिएका थिए भने ५ हजार ७ सय ६७ जना निको भएका थिए । यस्तै मृतकको संख्या २ सय १४ जना रहेको थियो ।

60a3ad25c7f8c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको