Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको सेयर किनबेचमा जे देखियोः स्वभाविक कि चलखेल ?

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, १२ : ४७ मा प्रकाशित

अरुण भ्यालीको सेयर किनबेचमा जे देखियोः स्वभाविक कि चलखेल ?

नेपालको धितोपत्रको दोस्रो बजार कारोबारमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमा तिब्र चलखेल भएको पाइएको छ । 

बिगत केहि दिनदेखि सेयर मूल्य निरन्तर उकालो लागिरहेको कम्पनीले केही दिन अघिमात्र १ः०.५० को अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । आजको कारोबारमा नेप्सेको अनलाईन कारोबार सिस्टम (टिएमस) मा कम्पनीको ३३ लाखभन्दा बढी कित्ता सेयरको माग देखिएको छ । 

अहिले टिएमएसमा देखाइएको डाटाका आधारमा सबैभन्दा बढी मूल्य ३८५ रुपैयाँमा ८ वटा अर्डरबाट २२ करोड ६८ लाख रुपैयाँ भन्दा बढी मूल्यको ५ लाख ८९ हजार १४१ कित्ता सेयरको खरिद माग देखिन्छ । 

कम्पनीले भर्खरै हकप्रद जारी गरी बिक्रिसमेत गरिसकेको छ भने कम्पनीले हालै जारी गरेको वित्तिय विवरणमा कम्पनीको वित्तिय अवस्थासमेत खासै उत्साहजनक देखिँदैन । यस्तो अवस्थामा पनि कम्पनीको सेयर मूल्य निरंतर बढ्नुलार्य स्वभाविक मान्न नसकिने जानकारहरु बताउँछन् । 

केही दिनयता कम्पनीको सेयर मूल्य निरन्तर बढिरहेको छ । दोस्रो बजारमा कम्पनीको सेयरको माग पनि उच्च देखिन्छ कतिपय सेयरमा चलखेल गर्नेहरुले फेक अथवा डमि अर्डर हालेर कम्पनीको सेयरमा चलखेल गरिरहेको आरोप छ ।

कतिपय चलखेल गर्नेहरुले त कम्पनीको स्वामित्वमा विभिन्न कम्पनीहरुको सेयर रहेको र यो अवधिमा कम्पनीको सेयर मूल्यमा आएको उछालले कम्पनीको नाफा उच्च हुने भन्दै चलखेल गरिरहेका छन् । विभिन्न कम्पनीमा रहेको सेयरको लगानीबाट मात्र कम्पनीले १ अर्ब ५३ करोड ४२ लाख रुपैयाँ आर्जन गर्ने र कम्पनीको प्रतिसेयर आम्दानी १०० पुग्ने भन्दै विभिन्न सामाजिक सञ्जालहरुमा प्रचार गरिरहेका छन् ।  

कम्पनीले हालै प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको खुद मुनाफा ७ करोड १३ लाख २५ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ९.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.३२अ रुपैयाँ र प्रतिसेयर कुल सम्पतीको मूल्य १६३.६३ रुपैयाँ मात्र छ । कम्पनीले हालै जारी गरेको हकप्रद सेयरका कारण सेयर संख्या बढ्दा अझै कम्पनीको प्रतिसेयर आम्दानी घट्न सक्ने देखिन्छ । 

अनुभवि लगानीकर्ता डमरु बल्लभ घिमिरे नेपालको सेयर बजारको बिकास सँगसँगै बिकृति मौलाएको र नियामक निकायले केही गर्न नसकी निदाएको अवस्था रहेको बताउँछन् । उनी बजारमा चलखेल गर्ने समूहहरु पुनः जुर्मुराएकाले लगानीकर्ताहरुलाई सजग भएर लगानी गर्न सुझाव दिन्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको